२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

होलिया गाविसकी सफल अध्यक्ष, अब ‘डुडुवा सरकार’ प्रमुख बन्ने दौडमा



डुडुवा (बाँके) :  २०५४ सालमा तत्कालिन होलिया गाविसको अध्यक्ष निर्वाचित भएर उदाहरणीय काम गरेकी सरोजकुमारी यादव २०७९ साल बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा डुडुवा गाउँपालिकाको अध्यक्ष पदकी उम्मेदवार दिइ मतदाता माझ बिजयको मत मागिरहेकी छन् ।

नेकपा एमालेको तर्फबाट यादव अध्यक्ष र युवा नेता शकिल खान उपाध्यक्ष पदका उम्मेदवार हुन । यसअघि अध्यक्ष पदको उम्मेदवार रहेका खान आफै अग्रसर भई महिला नेतृ यादवलाई पालिका अध्यक्ष उठाउनुमा रणनीतिक महत्व रहेको छ ।

एमाले डुडुवाका कमिटिका अध्यक्ष समेत रहेका खानले यादव परिवार जोडिएपछि डुडुवामा एमाले बलियो भएको बताए । उनी भन्न्छन–‘डुडुवामा एमालेले सरकार बनाउँछ । जनताले हामीलाई जिताउँछन् ।’ सरोजकुमारीसंग आफैमा राजनीतिक निर्णय गर्ने सार्मथ्य छ ।

सरोजकुमारी गाउँका जस्तासुकै ठूला बिवादहरु आफै अग्रसर भएर मिलाउन सक्ने क्षमता राख्ने गरेकी छन् । २०५४ सालमा होलिया जस्तो बिकट गाविसको अध्यक्ष भएकी उन अब भने अत्यन्त शक्तिशाली मानिने स्थानीय तहको प्रमुख बन्ने तयारी छन् । त्यसका लागि गाउँ गाउँमा मत मागिरहेकी छन् ।

प्रकाशित मिति : २०७९ वैशाख २३ गते शुक्रबार
ताजा समाचार