२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

रेशम चौधरीको पार्टीबाट प्रथम महिला वडाध्यक्ष बनिन् रेणुकुमारी



नेपालगञ्ज : स्थानीय तहको निर्वाचनमा कैलालीमा पहिलो महिला वडाध्यक्ष निर्वाचित भएकी छन् । नागरिक उन्मुक्ति पार्टीबाट जोशीपुर गाउँपालिका–३ को वडाध्यक्षमा रेणुकुमारी चौधरी आफ्नो प्यानलसहित निर्वाचित भएकी हुन् ।

उनी कैलालीमा वडाध्यक्षमा निर्वाचित हुने प्रथम महिला बनेकी छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार किशोरकुमार कठरियालाई २२ मतले पराजित गर्दै ६१५ मत पाएर विजयी भएकी छन् । पराजित कठरियाले ५९३ मत पाएका छन् ।

यस्तै खुला सदस्यमा फूलमती डङ्गौरा, दलित महिला सदस्यमा शीतल श्रेष्ठ विक, खुल्ला सदस्यमा राजेश चौधरी र ज्ञानुप्रसाद चौधरी विजयी भएका छन् ।

प्रकाशित मिति : २०७९ जेठ ३ गते मंगलबार
ताजा समाचार