२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

राप्तीसोनारीमा एमाले भन्दा २२ मतले कांग्रेस अगाडि



नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका तप्त पौडेलले २२ मतले  अग्रता लिएका छन्  ।  नेकपा एमालेका रामदास थारु दोस्रो स्थानमा रहँदै पौडेललाई पछ्याइरहेका छन् ।

अहिलेसम्मको  मतगणना अनुसार कांग्रेसका पौडेलले ७४७० मत ल्याउँदै पहिलो स्थानमा छन् भने एमालेका थारु ७४४८ मतका साथ दोस्रो स्थानमा छन् । थारु पौडेल भन्दा २२ मतले पछि छन् ।

त्यस्तै माओवादीका अध्यक्षका उम्मेदवार पट्टु थारुले ६६०२ मत ल्याएका छन् । उपाध्यक्षमा भने एमालेकै अग्रता छ । एमालेकी चमेली बागवलको ७५५५, कांग्रेसकी मनिषासिंह थारुको ७३८५  र माओवादीकी मन्जु रोकायले ६०२९ मत पाएका छन् । अहिले वडा नं. ५, ६ र ७ को मतगणना जारी छ ।

प्रकाशित मिति : २०७९ जेठ २ गते सोमबार
ताजा समाचार