२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

नेपालगञ्ज–९ का मतदाता भन्छन वडाको विकास हाँक्ने व्यक्ति चाहियो



नेपालगञ्ज : नेकपा एमालेका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नं.९ का वडाअध्यक्ष पदका उम्मेदवारहरु आजदेखि नमुना मतपत्र बोकेर घरघरमा पुगेका छन् ।

नेकपा एमालेका तर्फबाट वडाअध्यक्ष पदमा गोविन्द रेग्मी, वडा सदस्य पदमा सीमा केसी, मीना नेपाली, जयन्ती खत्री र ज्ञानबहादुर लामा चुनावी प्रतिस्पर्धामा छन् । चुनावी घरदैलो अभियान पूरा भएपछि उत्साहित देखिएका रेग्मीले मतदातालाई मत हाल्न सिकाउँदै पुनः घरदैलो सुरु गरिएको बताए । एमालेका पुराना र त्यागी नेताकारुपमा चिनिने रेग्मी स्थानीयमाझ अत्यन्तै लोकप्रिय छन् । उनले अवको पाँच वर्षमा आफ्नो वडालाई सम्बृद्ध र विकसित वडाकारुपमा स्थापित गराउने प्रतिबद्धता जनाएका छन् ।

वडालाई विकसित बनाउन भौतिक विकाससँगै मानवीय विकासलाई पनि सँगसँगै लैजानु पर्नेमा रेग्मीको जोड छ । सीमान्कृत समुदायको आर्थिक विकासका लागि सीपमुलुकदेखि आर्यआर्जनसम्मका कार्यक्रमहरुल्याइने बताउँदै उनले महिला, जेष्ठ नागरिक, युवा, बालबालिकालाई समेत समेटेर कार्यक्रमहरु ल्याइने बताए ।

पछिल्लो समय युवा पुस्ता लागु पदार्थ दुव्र्यसनिमा फस्ने गरेको भन्दै यसलाई रोक्न युवाहरुलाई खेलकुदप्रति आकर्षित गर्ने गरी योजना बनाइएको पनि उनले सुनाए । ‘जिवनको महत्वपूर्ण कालखण्ड समाजसेवामै विताइएको छ उनले भने–‘अव स्थानीय तहको नेतृत्वमा पुगेर मेरो वडालाई सम्बृद्ध र नेपालगञ्जकै नमुना बनाउने इच्छा छ ।’

उमेरमा पनि परिपक्व, सहयोगी र मिलनसार छवि भएकाले पनि वडाबासीहरुले रेग्मीलाई जिताउनु पर्ने बताउँछन् । ‘स्थानीय सरकार हाँक्ने व्यक्तिको छवि पनि त्यही खालको चाहिन्छ मतदाताहरु भन्छन् –‘गोविन्द रेग्मी सबै खाले दृष्टिकोणबाट हाम्रो वडाको नेतृत्व गर्न सक्ने भरोसा योग्य उम्मेदवार हो, उहाँको विकल्प छैन् ।’

प्रकाशित मिति : २०७९ वैशाख २२ गते बिहीबार
ताजा समाचार