२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

मंगलबार रातिदेखि सीमा नाका बन्द हुँदै



नेपालगन्ज  : यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भारतसँग जोडिएका बाँकेका सीमा नाका ७२ घन्टाका लागि बन्द गरिने भएको  छ ।

यही आउँदो शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि बैशाख २७ गते राती १२ बजेदेखि बैशाख ३० गते राती १२ सम्मका लागि नेपाल भारत सीमा नाका बन्द गरिने जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरेर जानकारी दिएको छ ।

तोकिएको अवधिभर कुनै पनि सवारीसाधन र कोही कसैलाई पनि सीमा नाकाबाट आवातजावत गर्नमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

 

प्रकाशित मिति : २०७९ वैशाख २६ गते सोमबार
ताजा समाचार