२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

बाँसगढी नगरपालिकाको मेयर, उपमेयरमा एमाले विजयी



बर्दिया : बर्दियाको बाँसगढी नगरपालिकाको मेयर, उपमेयरमा नेकपा एमाले विजयी भएको छ । एमालेका खड्ग बहादुर १००६१ मत ल्याएर मेयरमा विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी माओवादीका भवनकुमार थारुले ८५७७ र कांग्रेसका सविन कुमार थारुले ६७११ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा पनि एमालेकी इन्दिरा चौधरी विजयी भएकी छन् । उनी ९६९९ मत ल्याएर विजयी भएकी हुन् । उनको प्रतिद्वन्द्वी माओवादीका भोमी बितालुले ७४३६ र कांग्रेसका आकाश थारुले ७१५१ मत प्राप्त गरेका छन् ।

२०७४ स्थानीय तहको निर्वाचनमा पनि मेयरमा एमाले विजयी भएको थियो ।

प्रकाशित मिति : २०७९ जेठ ३ गते मंगलबार
ताजा समाचार