२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

काँग्रेसले राप्तीसोनारीमा निर्वाचन केन्द्रीत अभियान तीब्र पार्दै




राप्तीसोनारी (बाँके) : आसन्न बैशाख ३० को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बाँकेको राप्तीसोनारी गाउँपालिकामा उम्मेदवार सहितको प्रचार अभियान सुरु गरिएको छ ।

काँग्रेसको तर्फबाट राप्तीसोनारीमा अध्यक्ष पदका उम्मेदवार तप्त पौडेल र उपाध्यक्षका उम्मेदवार मनिषासिंह थारुसहितको टोलीले वडा नम्बर २ का विभिन्न गाउँहरुमा नेता कार्यकर्ताहरुसंग भेटघाट गरेका छन् ।

विहान वडा नम्बर २ का मदुई र मदुवाका नेता कार्यकर्ताहरुसंग भेटघाट गरेको वडा सभापति नन्दलाल बस्नेतले जानकारी दिए ।

सो अवसरमा अध्यक्षका उम्मेदवार पौडेल, उपाध्यक्षका उम्मेदवार थारु, वडा नम्बर २ का वडा अध्यक्षका उम्मेदवार तुलाराम खत्री, महिला सदस्य उम्मेदवार भिमा वली, दलित महिला सदस्य माया सुनार तथा खुला सदस्यका उम्मेदवार हेम बहादुर बुढाथोकी र प्रहलाद थारुले स्थानीय नेता कार्यकर्तालाई भेटेर आफूहरुलाई जिताउन आग्रह गरे ।

सो अवसरमा अध्यक्षका उम्मेदवार पौडेलले राप्तीसोनारीलाई समृद्ध र समुन्नत बनाउन आफुले गुरुयोजना बनाएर अघि बढ्ने बताए । उनले प्राकृतिक स्रोत साधनले भरिपूर्ण भएकाले राप्तीसोनारीलाई मुलुककै समृद्ध गाउँपालिका बनाउन सकिने दाबी गरे ।

पालिका सभापति भिमबहादुर राना क्षेत्रीले अब असहमति र असन्तुष्टिहरुलाई थाँती राखेर कांग्रेसका सबै उम्मेदवारहरुलाई जिताउनतर्फ लाग्न आह्वान गरे । उनले भने, ‘गम्भीर भएर लागौं, चुक्यौं भने पश्चाताप बाहेक केही हुनेछैन ।’

प्रकाशित मिति : २०७९ वैशाख १५ गते बिहीबार
ताजा समाचार