२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

नेपालगन्ज–४ मा एमालेको वडास्तरिय निर्वाचन परिचालन कमिटी घोषणा



नेपालगन्ज : नेकपा एमालेले निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ ।

आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निवार्चनलाइ लक्षित गरेर नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा मंगलवार निर्वाचन परिचालन कमिटी घोषणा गरेको हो ।

नेकपा एमाले बाट नेपालगन्ज उप–महानगरपालिकाका उपमेयर पदका उम्मेद्वार शान्ती ढकालले मंगलबार एक कार्यक्रमका बिच सम्पन्न भएको निर्वाचन परिचालन कमिटी घोषणा तथा जिम्मेवारी बाँडफाँड समारोहमा बोल्दै नेपालगन्जकोे विकासका लागी २३ वटै वडाका वडावासीले मेयर र उपमेयर सहित सात छाप आठ सुर्यमा लगाएर नेकपा एमालेको स्थानिय तहको सरकार बनाउन सके मात्र बिकास निर्माणको कार्य अगाडी बढ्न सक्ने दावि गरिन् ।

सो घोषणा कार्यक्रममा नेकपा एमाले पार्टीका वडा कमिटीका अध्यक्ष चेतबहादुर गुरुङको संयोजकत्वमा १ सय ५१ जना सदस्यीय कमिटी गठन गरिएको छ । सो कमिटी घोषणा संगै निर्वाचन का लागि आवश्यक जिम्मेवारी बाँडफाँड समेत गरिएको वडाका ईन्चार्ज भिम रानाभाटले जानकारी दिएका छन् ।

सो कार्यक्रममा नेकपा एमालेका नगर अध्यक्ष दत्त प्रसाद आर्चाय, नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा सह–इन्चार्ज दिपा शर्मा, केन्द्रिय लेखा समिती सदस्य बिजया धिताल र नेकपा एमालेका नेपालगन्ज–४ का नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा सो कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : २०७९ वैशाख १३ गते मंगलबार
ताजा समाचार