२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

नेपालगन्ज –२० मा एमालेको सम्पर्क कार्यालय उद्घाटन



नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी एमाले नेपालगन्ज उप–महानगरपालिका वडा नं २० मा सम्पर्क कार्यालय उद्घाटन गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं २० स्थित मंगलवार नेकपा एमालेको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो ।

सम्पर्क कार्यालय उद्घाटन एक कार्यक्रमका बिच नेकपा एमाले केन्द्रीय सदस्य तथा नेपालगन्जका लागि एमालेबाट मेयर पदका उम्मेद्वार पशुपतिदयाल मिश्र र उपमेयर पदका उम्मेद्वार शान्ती ढकालले नेपालगन्ज २० को सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् ।

सम्पर्क कार्यालय उद्घाटन समारोहमा बोल्दै मेयर पद्का उम्मेद्वार मिश्रले नेपालगञ्जमा जनप्रतिनिधी आइसके पनी काण्माण्डौ, पोखरा, बिराटनगर, बटवल, चितावनको तुलनामा नेपालगन्ज बिकसित हुन नसकेको बताउदै अब एमालेको नेतृत्वले मात्रै यो अवस्थामा परिवर्तन ल्याउने बताए ।

नेपालगन्जका बिकास निर्माणकोे लागी नेपालगन्जका हरेक नागरिक, वडावासी जागरुक हुन आवश्यक छ भन्दै नगरमा नेकपा एमालेले जिते हरेक नागरिकको चाहाना अनुसारको विकास र समृद्धि देख्न सकिनेमा जोड दिए ।

प्रकाशित मिति : २०७९ वैशाख १३ गते मंगलबार
ताजा समाचार