२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

नेपालगञ्ज–४ मा एमालेको चुनाव केन्द्रित वडास्तरीय युवा भेला सम्पन्न



नेपालगञ्ज : नेपालगञ्ज उप–महानरपालिका वडा नं ४ मा नेकपा एमालेले चुनाव केन्द्रित वडास्तरीय युवा भेला गरेको छ । आगामी चुनावलाई लक्षित गर्दै एमाले वडा कमिटीले सो भेलाको आयोजना गरेको हो ।

सो भेलाले कमल शर्मा अध्यक्ष र दिपक शाही सचिव रहने गरि वडा स्तरमा २९ सदस्यीय राष्ट्रिय युवा संघको गठन समेत गरेको छ ।

सोहि अवसरमा विभिन्न पार्टि परित्याग गरि थुप्रै युवाहरुले पार्टि प्रवेश गरेका छन् । नगर कमिटी सदस्य तथा वडा न.४ को इन्चार्ज भिम रानाभाटका अनुसार ५० जना युवाहरुले पार्टि प्रवेश गरेका हुन् ।

सो अवसरमा केन्द्रिय सदस्य हारुन हलवाइ, मेयरका उम्मेद्वार पशुपतिदयाल मिश्र, उप–मेयरका उम्मेद्वार शान्ति ढकाल, पार्टीका जिल्ला उपध्यक्ष डिल्ली बिसि, नगर अध्यक्ष दत्तप्रसाद आचार्य ,वडा इन्चार्ज द्वय कृष्ण पाठक, भिम रानाभाट, वडा अध्यक्ष चेतबहादुर गुरुङ, वडा अध्यक्षका उम्मेदवार टेकबहादुर केसि लगायतको उपस्थिति रहेको थियो ।

स्थानीय चुनाव नजिकिएसंगै पार्टिले वडा र टोल स्तरमा निर्वाचन लक्षित गतिविधिहरुलाई तिव्रता दिन थालेको हो ।

प्रकाशित मिति : २०७९ वैशाख १० गते शनिबार
ताजा समाचार