२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

नेपालगञ्जमा वडा अध्यक्षसहित तीनको मनोनयन रद्द



नेपालगञ्ज : नेपालगञ्ज उप महानगरपालिकामा उम्मेदवारी दिएका एक वडा अध्यक्ष र दुई वडा सदस्य सहित ३ जनाको विभिन्न कारणले उम्मेदवारी रद्द भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चैलागाईले दिएको जानकारी अनुसार नेपालगञ्ज उपमहानगरको वडा नं १७ मा वडाध्यक्ष पदका उम्मेदवार अजय कुमार पाठक, उपमहानगरपालिका वाड नं ३ दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी बंशाकार र वडानं ७ का सञ्जु बंशाकारको उम्मेदवारी रद्द भएको हो ।

पाठक २०७४ सालको निर्वाचनमा सोही वडाबाट माओवादी केन्द्रबाट वडा अध्यक्षमा विजयी भएका थिए । मनोनयन हुनुअघि मात्रै नेकपा (माओवादीं) केन्द्र छाडेर नेकपा (एमाले) प्रवेश गरेका थिए ।

नेकपा (एमाले) को तर्फबाट मनोनयन गरेका पाठकलाई बैङक्ले कालो सूचिमा राखेका कारण उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत, कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत चौलागाईले जानकारी दिए ।

यसैगरी उपमहानगरपालिका वाड नं ३ र ७ का दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी र सञ्जुको उम्मेदवारी दलित भन्ने निश्शा नभएको कारण रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७९ वैशाख १६ गते शुक्रबार
ताजा समाचार