२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

आचारसंहिता विपरीत चुनावी प्रचार सामग्री सुरक्षाकर्मीले हटाए



नेपालगञ्ज : मुख्य दलहरुनै नेपालगञ्जमा निर्वाचन आचारसंहिता बिपरित चुनाव प्रचार सामग्री प्रहरीले हटाएको छ । नेपालगञ्जको त्रिभुवन चोक आसपासको सार्वजनिक स्थलमा टास गरिएको निर्वाचन प्रचार सामग्री हटाएको हो ।

मर्यादित र निष्पक्ष बनाउन निर्वाचन आयोगले आचारसंहिता लागू गरे पनि ठुला दलले त्यसको धज्जि उडाउदै नेपालगन्जका चोकहरुमा प्रचार सामग्री लगाएका थिए ।

ठूला राजनीतिक पार्टीले नै आचारसंहिताको व्यापक उल्लंघन गरेका थिए । सार्वजनिक स्थलमा राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री राख्न नपाउने भनिए पनि त्यसको पालना भएको छैन ।

शुक्रबार गृह प्रशासनका अधिकारीसागै मुख्य निर्वाचन अधिकृतले राजनीतिक पार्टीका नेताहरुलाई कार्यालयमै बोलाएर आचारसंहिता विपरित टासेका प्रचार सामग्री तत्काल हटाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७९ वैशाख १० गते शनिबार
ताजा समाचार