२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

तुलसीपुरमा पूर्वराजा वीरेन्द्रको शालिक स्थापना



नेपालगञ्ज : दाङको तुलसीपुर उपमहानगरपालिका–५ मा पूर्व–राजा वीरेन्द्र शाहको अर्ध कदको शालिक स्थापना गरिएको छ । तत्कालीन माओवादीले २०६२/०६३ को आन्दोलनको समयमा तुलसीपुरको वीरेन्द्र चोकमा रहेको पूर्व–राजा वीरेन्द्रको शालिक तोडफोड गरेको थियो ।

करिब १६ वर्षपछि पुनः वीरेन्द्र चोकमा वीरेन्द्रको शालिक स्थापना गरिएको हो । उपमहानगरपालिका–५ को आह्वानमा मेटिएको इतिहासलाई बचाउने प्रयास गरिएको वडाध्यक्ष वीरेन्द्र शाहले बताए ।

’आफूहरू जनप्रतिनिधि भएर आइसकेपछि वडा सरकारबाट निर्णय गराएर वीरेन्द्र चोकमा बोर्ड राख्यौ, सोहीअनुरूप मूर्ति स्थापना गर्न सफल भएका हौं। यसमा सरकारले कुनै पनि लगानी छैन’, उनले भने ।

उनले केही सहयोगी व्यक्तिहरूको झण्डै ३ लाख बराबरको लगानीमा मूर्ति स्थापना गरिएको र यसको एकमुष्ट रकम केही दिनमा सार्वजनिक गर्ने बताए । वडाध्यक्ष शाह नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।

तोडफोड भएपछि उक्त शालिक हालको राप्ती प्रादेशिक अस्पताल परिसरमा गाडिएको अवस्थामा भेटिएको थियो । क्षतिग्रस्त शालिक काम नलाग्ने भएपछि वीरेन्द्र चौकमा खाली राखिएको थियो ।

प्रकाशित मिति : २०७८ चैत १५ गते मंगलबार
ताजा समाचार