२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

हातहतियार बुझाउन दाङ प्रशासनको आग्रह



नेपालगञ्ज : आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विश्वसनीय, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि दाङमा सम्बन्धित सबैसँग भएका वैध तथा अवैध हातहतियारलाई प्रहरी कार्यालयमा बुझाउन आग्रह गरिएको छ ।

जिल्ला प्रशासन प्रशासन कार्यालय दाङले सूचना जारी गर्दै वैध तथा अवैध हातहतियार बुझाउन सम्बन्धित सबैलाई आग्रह गरेको हो ।

लाइसेन्ससहितका हातहतियार र विना लाइसेन्सका हातहतियारहरुलाई यहीँ चैत्र अन्तिमसम्म बुझाउन आग्रह गरेको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

लाइसेन्स भएर आफुसँग भएका र विना लाइसेन्स अवैध रुपमा राखिएका हतियारलाई आफ्नो नजिकको प्रहरी कार्यालयमा बुझाउन सकिने व्यवस्था मिलाइएको प्रजिअ रेग्मीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७८ चैत १२ गते शनिबार
ताजा समाचार