२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

एमालेको पोलिटब्युरो बैठक जारी



काठमाण्डौ : नेकपा एमालेको पोलिटब्युरो बैठक बसेको छ। बबरमहलस्थित कार्की ब्याङ्केटमा केहीबेरअघि बैठक सुरू भएको हो।

बैठकमा आसन्न स्थानीय चुनावको तयारीबारे छलफल हुनेछ।  ९९ सदस्यीय पोलिटव्युरो बैठकमा समसामयिक राजनीतिक परिस्थितबारे समेत बैठकमा छलफल हुने भएको छ।

यस्तै बैठकले चुनावी एजेण्डा , उम्मेदवारको मापदण्डलगायतका विषयमा छलफल गर्ने उपप्रमुख विष्णु रिजालले बताए ।

एमालेले पार्टीको स्थायी कमिटी बैठक बसेपछि मात्रै चुनावी एजेण्डा तय गर्नेछ। उम्मेदवार पनि त्यही बैठकपछि टुंगो लगाइनेछ।

त्यस्तै यही चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बस्दैछ भने १३ गते स्थायी कमिटीको बैठक बस्नेछ।

प्रकाशित मिति : २०७८ चैत ७ गते सोमबार
ताजा समाचार