२०८३ कात्तिक ११ , मंगलबार
Sadarline
२०८३ कात्तिक ११ , मंगलबार

कोरोना संक्रमणबाट भेरी अस्पतालमा एकजनाको मृत्यु



नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–३ बर्दियाकी ६५ वर्षीया महिलाको उपचारका क्रममा गएराती मृत्यु भएको हो ।

माघ २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएकी उनी त्यसैदिन अस्पताल भर्ना भएकी थिइन् । उनको भोलीपल्ट राती १० बजे मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

योसँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका ४४३ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ माघ २४ गते सोमबार
ताजा समाचार