२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

बाँकेमा ५ जना बन्दकर्ता पक्राउ



नेपालगञ्ज : बाँकेमा प्रहरीले बन्दकर्तालाई पक्राउ गरेको छ। बन्द गर्दै हिँडेका ५ जनालाई पक्राउ गरिएको डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए। पक्राउ पर्नेहरूको नाम प्रहरीले खुलाएको छैन। संसदबाट एमसिसी पारित भएको विरोधमा विभिन्न ८ दलले गरेको बन्दका कारण आज देशका विभिन्न ठाउँमा यातायातलगायत क्षेत्र प्रभावित बनेको छ।

नेत्रविक्रम चन्द, मोहन वैद्य, सिपी गजुरेल, चित्रबहादुर केसी, मोहनविक्रम सिंह, ऋषि कट्टेल, आहुती, कर्णजीत बुढाथोकी नेतृत्वको पार्टीले सोमबार नेपाल बन्द आह्वान गरेका छन्। ६ कम्युनिष्ट पार्टी र २ मोर्चा मिलेर संयुक्त रूपमा बन्द गरेका हुन् ।

प्रकाशित मिति : २०७८ फागुन १६ गते सोमबार
ताजा समाचार