२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

कोरोनाबाट बाँकेका एक युवकको मृत्यु



नेपालगञ्ज : भेरोसेलको दुवै मात्रा खोप लगाएका खजुराका युवाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार बाँके खजुरा गाउँपालिका– २ का २३ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

माघ २७ गते पीसीआर गर्दा उनलाई संक्रमण पुष्टि भएको थियो । त्यही दिन भर्ना गरिएको आज विहान भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५१ पुगेको छ ।

प्रकाशित मिति : २०७८ फागुन १ गते आइतबार
ताजा समाचार