२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बुद्ध एयरको विमान निर्धारित समयमा ल्याण्ड हुन नसक्दा एक यात्रु वेहोस



सांकेतिक तस्विर

नेपालगञ्ज : बिहीबार बिहान काठमाण्डौबाट नेपालगञ्जको लागि उडेको बुद्ध एयरको विमान नेपालगञ्जमा निर्धारित समयमा ल्याण्डिङ्ग हुन नसक्दा त्यसमा सवार एक महिला यात्रु वेहोस भएकी छन ।

६९ पेसेन्जर लिएर काठमाण्डौबाट नेपालगञ्जको लागि उडेको बुद्ध एयरको कल साईन नं 9N–AJX को जाहाज नेपालगञ्ज विमानस्थलमा झण्डै पौने घण्टा पछिमात्र ल्याण्डिङ्ग भएको थियो ।

बिहीबार विहान ७ बजेर ४४ मिनेटमा उडेको जाहाज नेपालगञ्ज विमानस्थलमा ८ बजेर ४० मिनेटमा अवतरण हुनु पर्नेमा ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ्ज विमानस्थलमा ल्याण्डिङ्ग भएको थियो । सो विमानमा रहेकी एक महिला यात्री बेहोस अवस्थामा फेला परेको र उनको राँझामा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भै रहेको बाँके प्रहरीले जनाएको छ ।

बेहोस अवस्था भेटिएकी यात्रुको समाचार तयार पार्दासम्म होस आउन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

विहान ८ बजेर ४० मिनेटमा ल्याण्डिङ्ग हुनुपर्ने विमान ल्याण्ड हुन नसकेपछि होल्डमा राखिएको सुरक्षा निकट स्रोतले जनाएको छ । नेपालगञ्जमा केहीदिन यता हुस्सुलाग्दै आएको कारण मौसम खुल्न सकेको छैन ।

प्रकाशित मिति : २०७८ माघ ६ गते बिहीबार
ताजा समाचार