२०८३ कात्तिक ११ , मंगलबार
Sadarline
२०८३ कात्तिक ११ , मंगलबार

प्लानको सहयोगमा खजुराका महिला स्वयमसेविकाहरु कोरोना खोप लगाउन उत्प्रेरित गर्दै




नेपालगञ्ज :  प्लान इन्टरनेसनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा बाँके युनेस्को क्लबद्वारा संचालित कोभिड–१९ रोकथाम तथा पुनस्र्थापना परियोजना अन्तरगत बढ्दै गएको कोरोना नियन्त्रणका लागि खोप लगाउने कार्यलाई उत्प्रेरित गर्ने उदेश्यका साथ खजुराका महिला स्वयंसेविकाहरुलाई अभिमुखिकरण गरेको छ ।

क्लबले सो परियोजना अन्तरगत खजुरा गाउँपालिका वडा न.१ र २ का महिला स्वयमसेविकाहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । कोभिड–१९ को तेस्रो लहरको रोकथाम तथा खोप लगाउन गाउँघरमा गएर उत्प्रेरित गर्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताए ।

उनले खजुरा गाउँपालिकाको सबै घरधुरीमा महिला स्वयमसेविकाहरुलाई परिचालन गरि घरदैलो कार्यक्रम गरेर कोरोना नियन्त्रण सम्बन्धी सचेतना फैलाउने तथा खोप लगाउन सबैलाई उत्प्रेरित गर्ने उद्देश्य रहेको बताए ।

खजुरा गाउँपालिकामा १ सय ८० जना महिला स्वयमसेविकाहरुलाई परिचालन गरि कोभिड –१९ को तेस्रो लहरको रोकथाम तथा खोप लगाउन उत्प्रेरित गर्ने, पोस्टर र फ्लायर मार्फत सचेतीकरण गर्ने योजना रहेको छ ।

खजुरा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेलले अभिमुखिकरणको सहजीकरण गर्दै कोभिड संक्रमण तिव्र गतिमा फैलिरहेकोले स्वास्थ्य मापदण्डको पालना र हरेक नागरिकले आवश्यक सबै खोप लगाउन महिला स्वयंसेविकाको भूमिका अहम हुने बताए ।

सोही योजना अन्तर्गत शुक्रवार पहिलो चरणको अभिमुखीकरण कार्यक्रममा २७ जना महिला स्वयमसेविका, स्वास्थ्य चौकीका इन्चार्ज दिपक ढकाल लगायतको उपस्थिति रहेको बाँके युनेस्को क्लबका परियोजना अधिकृत अनुप बर्माले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ माघ १५ गते शनिबार
ताजा समाचार