२०८३ कात्तिक ११ , मंगलबार
Sadarline
२०८३ कात्तिक ११ , मंगलबार

एमाले लुम्बिनी प्रदेश अधिवेशन प्रचार समिति गठन




नेपालगञ्ज  :  नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको आगामी माघ ८ गते नेपालगञ्जमा आयोजना हुने प्रदेश अधिवेशनलाई भव्य बनाउन बिहीबार प्रचार प्रसार समिति गठन गरिएको छ ।

नेकपा एमाले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख लिला रानाको अध्यक्षतामा नेपालगञ्जमा भएको वैठकले रानाको संयोजकत्वमा २३ सदस्यीय प्रदेश अधिवेशन प्रचार समिति गठन गरेको हो ।

समितिको सह संयोजकमा शिव डोटेल, सदस्यहरुमा अछरी पोखरेल , रुद्र सुवेदी, पार्वती पान्डे, शोभाखर पन्थी, भेषराज बस्नेत, नवराज भुसाल, अमृत गिरी, भगवान भण्डारी, हेमन्त बिक, डिलप्रकाश गौतम, ज्ञानबहादुर महतरा, जानु पाण्डे, नोमराज पौडेल, मुकुन्द सुवेदी, सुदिप अधिकारी, यज्ञप्रसाद सापकोटा, ओपेन्द्र बस्नेत, विश्वराज पछल्डङ्ग्या, शकील अहमद कादरी, भगतराम थारु र रञ्जिता अधिकारी रहेका छन् ।

प्रकाशित मिति : २०७८ पुस १५ गते बिहीबार
ताजा समाचार