२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

रुकुम उडेको विमान ड्युटी सकिएको भन्दै नेपालगञ्जमै अवतरण



फाइल फोटो

नेपालगञ्ज : काठमाण्डौबाट रुकुमको चौरजहारी विमानस्थलका लागि उडेको विमान नेपालगञ्जमै अवतरण गरेको छ ।

सोमबार नेपाल वायु सेवा निगमको ट्वीनअटर विमानका पाइलटले आफ्नो ड्युटी समय सकिएको भन्दै नेपालगञ्जमै विमान अवतरण गराएका हुन् ।

आठ जना यात्रु लिएर काठमाण्डौबाट उडेको विमानमा पाइलट पेम्बा शेर्पा थिए । उनको ड्युटी विहान साढे ५ बजे शुरु भएर दिउँसो चार ४ बजेसम्म थियो ।

काठमाण्डौबाट चौरजहारीका लागि विमान उडाए पनि आकाशमै चार बजेपछि पाइलट शेर्पाले नेपालगञ्जमै अवतरण गरेका हुन् ।

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले रुकुमका लागि उडेको विमान नेपालगञ्जमा अवतरण भएको विषयमा अनुसन्धान थालिएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २०७८ मंसिर ७ गते मंगलबार
ताजा समाचार