२०८३ कात्तिक १२ , बुधबार
Sadarline
२०८३ कात्तिक १२ , बुधबार

तिहारसँगै नेपालगञ्जमा मिठाइको कारोबारमा बृद्धि



नेपालगञ्ज : तिहार आएसँगै नेपालगञ्जमा मिठाइको कारोबार बढेको छ । गत वर्ष कोरोना महामारीका कारण खासै व्यापार नभए पनि यस वर्ष भने व्यापार बढेको व्यापारीहरु बताउँछन् ।

ग्राहकको माग धान्न नसकेर यसअघि भारतबाट समेत मिठाई भित्र्याउने व्यापारीहरुले अहिले भने आफैले उत्पादन गर्न थालेका छन् । नेपालगन्ज त्रिभुवन चोकमा द केक एण्ड बेकरीका संचालक अतुलकुमार गुप्ताका अनुसार फेरिँदो जीवनशैली, व्यवस्ताका कारण तिहारमा रोटीको प्रयोग घट्दै गएको छ भने मिठाईको प्रयोग बढ्दो छ ।

ग्राहकले ताजा र गुणस्तरीय मिठाई मन पराउने भएकाले भारतीय मिठाइएको आयात प्रतिस्थापन भएको व्यवसायी बताउँछन् । नेपालगञ्जकै व्यापारीहरुले अत्याधुनिक मेसिनको प्रयोगमार्फत विभिन्न प्रकारका मिठाइ बनाउन थालेपछि ग्राहकहरुको आर्कषण पनि बढेको छ ।

जनचेतनाको अभाव र सस्तोमा पाइने लोभमा केही मानिसहरु भारतीय बजारसम्म मिठाइ लिन पुग्छन् । तिहारको समयमा नेपालगञ्जमा करिव दुई सय क्वीन्टलसम्म मिठाई खपत हुने गरेको छ ।

प्रकाशित मिति : २०७८ कात्तिक १८ गते बिहीबार
ताजा समाचार