२०८३ कात्तिक १२ , बुधबार
Sadarline
२०८३ कात्तिक १२ , बुधबार

कोरोनाबाट नेपालगञ्जकी एक महिलाको मृत्यु



नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ बाँकेकी ६९ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।

योसंगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय ४० र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४ सय २८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ कात्तिक २२ गते सोमबार
ताजा समाचार