२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान



काठमाण्डौ : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले बुधबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा शर्मालाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

नेपाली सेनाको नेतृत्व सम्हालेयता पहिलो विदेश भ्रमण गएका शर्माले भारतीय सेनाध्यक्षको सम्मान पाएका हुन् । सन् १९५० देखि नेपाल भारतबीच एकाआर्का सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने चलन रहेको छ ।

मंगलबार दिल्ली पुगेका शर्माले भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतका साथै भारतका केही राजनीतिज्ञसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । मंगलबार साँझ भने उनले भारतीय समकक्षी मनोज मुकुन्द नरवणेसँग भेटवार्ता गरेका थिए ।

भारतीय सेनाका स्थल सेनाध्यक्ष नरवणेलाई भने २१ कात्तिक २०७७ मा नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०७८ कात्तिक २४ गते बुधबार
ताजा समाचार