२०८३ कात्तिक १२ , बुधबार
Sadarline
२०८३ कात्तिक १२ , बुधबार

असिस्टेण्ट ब्यूटीशियनका लागि तीन महिने निःशुल्क तालिम शुरु



नेपालगञ्ज : असिस्टेण्ट व्यूटीशियनका लागि नतीजामा आधारित तीन महिने निःशुल्क तालिम नेपालगञ्जमा सञ्चालन गरिएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको सहयोगमा कस्मोपोलिटन कन्सल्टेण्ट एण्ड टेक्नीकल एजुकेशन सेन्टर प्रालिद्धारा गुड न्यू आईटीसी मार्फत सञ्चालित तीन महिने तालिमको मंगलवार नेपालगञ्ज उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख शोभा शाहले उदघाटन गरिन् ।

वेरोजगार महिलालाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालित तालिममा २० जनाको सहभागिता रहेको छ । प्रमुख अतिथी शाहले व्यूटीशियन शिपमार्फत आत्मनिर्भरतासँगै समाजमा आर्थिक टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

गुड न्यू आईटीसीकी सञ्चालिका गीता भण्डारीले तालिममा दैनिक ५ घण्टाका दरले व्यूटीशियनका सम्पूर्ण विधामा प्रशिक्षित गरिने जानकारी दिइन् ।

उदघाटन समारोहमा नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका प्रमुख उजिर न्यौपाने, पत्रकार महासंघ लुम्वीनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल घरेलु तथा साना उद्योग समिति बाँकेका अध्यक्ष सुमीत्रा चौधरी, नेपाल घरेलु तथा साना उद्योग समिति नगर अध्यक्ष डिला शाहलगायतले तालिमको सफलताको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : २०७८ मंसिर ७ गते मंगलबार
ताजा समाचार