२०८३ कात्तिक १२ , बुधबार
Sadarline
२०८३ कात्तिक १२ , बुधबार

एमाले मधेश विरोधी नभएको अध्यक्ष ओलीको दाबी

बाँकेमा चार हजार भन्दा बढी एमालेमा प्रवेश


नेपालगञ्ज : निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले मधेश विरोधी पार्टी नभएको स्पष्ट पारेका छन् ।

एमाले बाँकेले बुधवार नेपालगञ्जमा आयोजना गरेको वृहद् पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई कमजोर पार्ने उद्देश्यले विभिन्न भ्रम फिजाउने काम भएको भन्दै त्यस्ता भ्रम फिजाउने कार्य समाप्त भएको बताए ।

एमाले राष्ट्रिय हित र राष्ट्र निर्माणको सवालमा कसैसँग सम्झौता नगरिने भन्दै उनले तराइको विकासमा एमालेले उल्लेखिय भूमिका निर्वाह गरेको दावी गरे । अध्यक्ष ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु पनि आफ्नै नेतृत्वको सरकारका पालामा भएको दावी दाबी गरे ।

भेरी बबई डाइभर्सन आयोजना, बाँकेको सिक्टा सिंचाइँ आयोजनालाई गतिशिल बनाउने काम भएको जीकिर गरे ।

कार्यक्रममा स्वतन्त्र राजनीतिक समुहका नेता पशुपति दयाल मिश्रलगायत ४ हजार भन्दा बढी पार्टीमा प्रवेश गरेको एमाले बाँकेका अध्यक्ष निरक गुरुङले बताए ।

अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोख्रेल, एमाले बाँकेका उपाध्यक्ष किष्मतकुमार कक्षपति, प्रवेशीहरु पशुपति दयाल मिश्र, अब्दुल करिम खाँलगायतले सम्वोधन गरेका थिए ।

प्रकाशित मिति : २०७८ मंसिर १ गते बुधबार
ताजा समाचार