२०८३ कात्तिक १३ , बिहीबार
Sadarline
२०८३ कात्तिक १३ , बिहीबार

राँझा विमानस्थलमा कुकुरसहितको विशेष जाँच



नेपालगञ्ज : नेपालगञ्जको राँझा एअरपोर्टमा आइतवार तालिम प्राप्त कुकुरसहितको विशेष जाँच गरिएको छ । विमानस्थलबाट वाहिरिने र भित्रिने सबैलाई नेपाल प्रहरीको तालिम प्राप्त कुकुर लभ र व्यूटीले जाँच गरेका हुन् ।

यसअघि शनिवार जमुनाहा नाकामा जाँच गरिएको थियो । लभ र ब्यूटीले भारतबाट विमानस्थलमा मानिस, सवारी साधनलाई जाँच गरेका थिए । चाडपर्वको मौकामा अपराधिक घटना हुन सक्ने आंशकामा प्रहरीले विभिन्न रणनीति बनाएर जाँचलाई तीब्र पारेको छ ।

दुई वटा तालिम प्राप्त कुकुर लिएर प्रहरी निरीक्षक बासुदेव सुवेदी राँझा पुगेका थिए ।

प्रकाशित मिति : २०७८ असोज २४ गते आइतबार
ताजा समाचार