२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

कम्प्युटर एशोसिएशन बाँकेको साधारणसभा सम्पन्न



नेपालगञ्ज : कम्प्युटर एशोसिएशन नेपाल महासंघ बाँके शाखा १३ औं बार्षिक साधारणसभा शनिवार नेपालगञ्जमा सम्पन्न भएको छ ।

एशोसिएशनका कार्यबाहक अध्यक्ष शिशिर नारायण श्रेष्ठको साभापतित्वमा भएको साधरण सभामा दुई आर्थिक वर्षको आर्थिक तथा प्रगति विवरण पेश गरिएको एशोसिएशनका सचिव दीपक खड्काले जानकारी दिए ।

कोरोना माहामारीका कारण एशोसिएशनको वार्षिक साधारणसभा हुन नसके पनि अन्य गतिविधि भने नियमित भएको सचिव खड्काले जानकारी दिए । साधारणसभालाई सम्बोधन गर्दै क्यानका केन्द्रीय उपाध्यक्ष रेशम गिरीले कोरोना माहामारिका कारण कम्प्युटर ब्यबसायी पनि प्रभावित भएको बताए । उनले प्रबिधिको बिकासमा कम्प्युटर व्यावसायीले महत्वपूर्ण भुमिका निर्वाह गरेको उल्लेख गरे ।

प्रकाशित मिति : २०७८ असोज १६ गते शनिबार
ताजा समाचार