२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

कोरोना संक्रमणबाट बाँकेका ४८ वर्षीय पुरुषको मृत्यु



नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमित थप एकजना बिरामीको मृत्यु भएको छ । नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा बाँके बैजनाथ गाउँपालिका–३ का ४८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए ।

असोज १६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनलाई थप उपचारका लागि असोज १७ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उनको बिहीवार साँझ साढे ७ बजे मृत्यु भएको हो ।

योसँगै कोरोना भाइरस संक्रमणका कारण हालसम्म बाँकेका ३३६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ असोज २९ गते शुक्रबार
ताजा समाचार