२०८३ कात्तिक १३ , बिहीबार
Sadarline
२०८३ कात्तिक १३ , बिहीबार

बाघ समात्न राखिएको आहारा बाघले खाएन



नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्जले मान्छे खाएको बाघलाई नियन्त्रणमा लिन ठाउँ–ठाउँमा राखिएको आहारा बाघले नखाएको पाइएको छ ।

राप्तीसोनारी गाउँपालिका–१ गाभरमा आइतवार एक जनालाई खाएको दुईवटा बाघ बस्तीको छेउछाउ नछाडेपछि निकुञ्जले बाघ नियन्त्रणमा लिन बुधवार आहारा राखेको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले ठाउँ–ठाउँमा राखिएको आहारा बाघले नखाएको जानकारी दिए । आहारा खान आउँदा बाघलाई नियन्त्रण गर्ने रणनीति निकुञ्जले बनाएको थियो । तर शिकारस्थलमा राखिएको आहारा खान बाघ नआएपछि बाघले बस्ती छाडेको हुन सक्ने अनुमान गरिएको छ ।

‘अहिले नै बस्ती छाड्यो त भन्न नमिल्ला शाहले भने–‘बचेको शिकार खान पटकपटक शिकार स्थलमा आइरहेका बाघ बुधवारदेखि आउन छाडेका छन् ।’

शिकार गरेको बाघले शिकारस्थलमा बचेको शिकार खान पटकपटक आउने गर्छन् । मान्छे खाएको बाघलाई नियन्त्रणमा लिन निकुञ्ज प्रशासनले हात्तिसहित नेपाली सेनाको टोली परिचालन गरेको छ ।

प्रकाशित मिति : २०७८ भदौ ३१ गते बिहीबार
ताजा समाचार