२०८३ कात्तिक १३ , बिहीबार
Sadarline
२०८३ कात्तिक १३ , बिहीबार

दार्चुलामा हेलिकप्टरबाट खाद्यान्न पठाईंदै



धनगढी : दार्चुलाको दुहुँ गाउँपालिका र व्यास गाउँपालिकामा खाद्यान्न अभाव भएपछि हेलिकोप्टर मार्फत खाद्यान्न ढुवानी गर्न थालिएको छ ।

भदौ १३ गते आएको बाढी र पहिरोका कारण दार्चुलाको व्यास जोड्ने सडक अवरुद्ध बनेपछि उक्त स्थानमा खाद्यान्न ढुवानी भएको थिएन । जसका कारण गाउँपालिकाको वडा नम्बर–२ र ५ मा खाद्यान्न समस्या भएको भन्दै गाउँपालिकाले खाद्यान्न ढुवानीका लागि हेलिकप्टर माग गरेको थियो ।

त्यसैगरी दार्चुलाको व्यास गाउँपालिका–२ मा भारतीय सुरक्षा निकायले तुईनबाट आवतजावत गर्न प्रतिबन्ध लगाउँदा खाद्यान्न ढुवानीमा समस्या भएको भन्दै हेलिकोप्टर मार्फत खाद्यान्न ढुवानी गर्न थालिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरिक्षक नरेन्द्र बहादुर चन्दले बताए । उनका अनुसार चामल, नून, दाल, र खाने तेल र ढुवानी गर्न थालिएको हो ।

खाद्यान्न ढुवानीका लागि नेपाली सेनोको हेलिकोप्टर दार्चुला पुगेको उनले बताए ।

प्रकाशित मिति : २०७८ भदौ २१ गते सोमबार
ताजा समाचार