२०८३ कात्तिक १३ , बिहीबार
Sadarline
२०८३ कात्तिक १३ , बिहीबार

‘चाचाजी’को ९३ औ जन्मदिवश नेपालगञ्मा मनाईयो




नेपालगञ्ज  :  प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नलाल गुप्ता ‘चाचाजी’को ९३ औ जन्मदिवश नेपालगञ्मा मनाईएको छ । नेपाल पत्रकार महासंघ बाँकेले बिहान आफ्नै कार्यालयमा र प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता प्रतिष्ठानले छुट्टै कार्यक्रमको आयोजना गरि ‘चाचाजी’को ९३ औं जन्मजयन्ती मनाइएको हो ।

प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बाल्ने वक्ताहरुले ‘चाचाजी’ व्यक्ति मात्रै नभई यस क्षेत्रको पत्रकारिताको ईतिहास भएको कुरामा जोड दिंदै उनले लेखेका पाण्डुलिपिहरुको संरक्षण गरेमा आगामि दिनमा पत्रकारिताका विद्यार्थीका लागि अध्ययनको पाटो बन्न सक्ने र यस क्षेत्रको ईतिहास जान्न सजिलो हुने बताएका थिए ।

बाँकेको पत्रकारिताले आफ्नै विरासत बोकेको बताउदै उनीहरुले पत्रकारिता क्षेत्रमा ‘चाचाजी’को योगदान र उनको व्यक्तित्वको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, प्रेस काउन्सिल नेपालका सदस्य सरद अधिकारी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, पूर्व अध्यक्षद्वय झलक गैरे, रुद्र सुवेदी, लुम्बिनी प्रदेश सदस्य आरिफ अन्सारी, प्रेस युनियनका अर्जुन ओली, अवधी प्रत्रकार संघका राकेश मिश्रलगायतले ‘चाचाजी’को योगदानको बारेमा चर्चा गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष तथा ‘चाचाजी’का छोरा विजय कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन प्रतिष्ठानका महासचिव शुक्रऋषि चौलागाईले सञ्चालन गरेका थिए । नेपाल पत्रकार महासँघ बाँकेका पूर्व अध्यक्ष समेत रहेका ‘चाचाजी’को ०७६ माघ १५ गते स्वर्गारोहण भएको थियो ।

प्रकाशित मिति : २०७८ भदौ २७ गते आइतबार
ताजा समाचार