२०८३ कात्तिक १३ , बिहीबार
Sadarline
२०८३ कात्तिक १३ , बिहीबार

नागरिक समाज संजाललाई क्षमता अभिबृद्धि तालिम




बर्दिया  : प्लान नेपालको आर्थिक सहयोग तथा बाँके युनेस्को क्लवको आयोजनामा बर्दियाका नागरिक समाज संस्थाहरुलाई तीनदिने क्षमता अभिबृद्धि तालिम दिईएको छ । बाँके युनेस्को क्लवले बाल विवाह सानो उमेरमा गरिने विवाह रोकथाम परियोजना अन्र्तगत नागरिक संस्थाका प्रतिनिधिहरुलाई संस्थागत क्षमता तथा नेतृत्व विकास सम्वन्धी तालिम दिएको हो ।

बर्दियाको गुलरियामा बुधवारदेखि शुरु गरिएको तालिम शुक्रवार सम्म ३ दिनको लागि संचालन हुने बाँके युनेस्को क्लव बर्दियाका परियोजनाको फिल्ड अफिसर शितल विश्वकर्माले जानकारी दिए ।

तालिमले नागरिक संस्थाका प्रतिनिधिहरुको संस्थागत क्षमताको विकास हुने विस्वास लिईएको छ । कार्यक्रममा नागरिक समाज संस्थाका १५ जना प्रतिनिधिहरु सहभागी रहेका छन । कार्यक्रम तथा परियोजनाका लागि प्लान इन्टरनेशनलले सहकार्य गरेको छ ।

प्रकाशित मिति : २०७८ भदौ १० गते बिहीबार
ताजा समाचार