२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

कोरोनाबाट भेरी अस्पतालमा दुईजनाको मृत्यु



नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप दुईजनाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत बाँके कोहलपुरका एकजना र अर्का कैलाली टीकापुरका संक्रमितको मृत्यु भएको हो ।

कोहलपुर नगरपालिका–८ का ४३ वर्षीय पुरुषको बिहीवार राती डेढ बजे मृत्यु भएको हो । साउन २१ गते अस्पताल भर्ना भएका उनलाई २२ गते कोभिड पुष्टि भएको थियो ।

यस्तै टीकापुर नगरपालिका–८ की ४५ वर्षीया महिलाको शुक्रवार बिहान ४ बजे मृत्यु भएको हो ।

उनी साउन २० गते अस्पताल भर्ना भएकी थिइन् । त्यसैदिन उनलाई कोभिड पुष्टि भएको थियो । योसंगै बाँके जिल्लाको मृतक संख्या ३२४ पुगेको छ भने अन्य जिल्लाको मृतक संख्या ३८७ पुगेको छ ।

प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रबार
ताजा समाचार