२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

कोरोना संक्रमणबाट भेरीमा एक महिलाको मृत्यु



नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा बुधवार थप एकजनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–२ कैलालीकी ३४ वर्षीया महिलाको उपचारका क्रममा विहान सवा ११ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

साउन २४ गते कोहलपुर मेडिकल कलेजमा उनको कोभिड पुष्टि भएको थियो । त्यसको भोलिपल्ट उनी भेरीको आइसोलेसन वार्डमा भर्ना भएकी थिइन् । स्वास्थ्यमा सुधार नआउँदा उनको मृत्यु भएको हो ।

योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३ सय ८८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ भदौ २ गते बुधबार
ताजा समाचार