२०८३ कात्तिक १३ , बिहीबार
Sadarline
२०८३ कात्तिक १३ , बिहीबार

एमालेमा विभिन्न नौ विभाग गठन स्कूल विभिगमा पार्टी अध्यक्ष ओली




काठमाडौं  : माधव नेपाललाई समेटेर लामोे समय पार्टी एकताको लागि विभिन्न पहल गरेको अन्तत नेकपा एमालेले नौ वटा विभाग बनाएको छ । सोमबार बसेको स्थायी कमिटीको बैठकले संगठन, स्कुलसहितका नौ वटा विभाग गठन गरेको हो ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार स्कूल विभागको प्रमुखमा अध्यक्ष केपी शर्मा ओली नै रहेका छन् । स्कूल विभागमा ११ जना सदस्य चयन गरिएको छ । संगठन प्रमुखमा जिम्मेवारी विष्णु पौडेललाई दिइएको छ भने संसदीय विभागको प्रमुख सुवासचन्द्र नेम्वाङलाई दिइएको छ । दुवै विभागमा १४ सदस्य रहने जनाइएको छ ।

आर्थिक विभाग प्रमुखको जिम्मेवारी विष्णु रिमाल, प्रचार विभागको प्रमुख प्रदीप ज्ञवाली, पर्यटन विभागको प्रमुखमा भानुभक्त ढकाल, विदेश विभागको प्रमुखमा राजन भट्टराई, निर्वाचन विभागको प्रमुखमा अग्नि खरेललाई दिइएको छ ।

प्रकाशित मिति : २०७८ साउन १८ गते सोमबार
ताजा समाचार