२०८३ कात्तिक १३ , बिहीबार
Sadarline
२०८३ कात्तिक १३ , बिहीबार

संविधान सभासदस्य तथा सञ्चार उद्यमी शेरचनको कोरोना संक्रमणको कारण मृत्यु




काठमाण्डौ  : कोभिड–१९ संक्रमणका कारण संविधानसभा सदस्य तथा सञ्चार उद्यमी महेन्द्र शेरचनको निधन भएको छ ।

राजधानी दैनिक पब्लिकेशनका संस्थापक अध्यक्षसमेत रहेका ६७ वर्षीय शेरचनको बुधवार साँझ बलम्बुस्थित एपीएफ हस्पिटलमा उपचारका क्रममा निधन भएको पारिवारका सदस्यले जनाएका छन् ।

मिडिया सोसाइटीका पूर्वअध्यक्ष रहेका शेरचन हाल मिडिया अलाइन्सका उपाध्यक्ष र विज्ञापन बोर्डका सदस्य रहेका थिए । बैदेशिक रोजगार व्यवसायी संघका संस्थापक अध्यक्ष समेत रहेका शेरचनको बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ । उनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् ।

प्रकाशित मिति : २०७८ भदौ ३ गते बिहीबार
ताजा समाचार