२०८३ कात्तिक १३ , बिहीबार
Sadarline
२०८३ कात्तिक १३ , बिहीबार

प्रदेश सरकारको राजपत्रको छपाइ सुदूरपश्चिममै



धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको अस्थायी राजधानी धनगढीबाट राजपत्र छाप्न शुरु गरेको छ । मंगलवार एक कार्यक्रमका बिच प्रदेश सरकारको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेटमा प्रदेशमै मुद्रण मेशिन खरिद तथा जडान गर्ने कार्यक्रम अन्तर्गत २७ लाख ८० हजारमा खरिद गरी भित्र्याइएको उक्त मेसिन सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्ण जोशीले मुद्रण मेसिनको पूजापाठ गरी उदघाटन गरेकी हुन् ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आफ्नै मुद्रण मेसिन जडान गरे सँगै आज देखि राजपत्र छाप्ने काम पनि सुरु गरेको छ । सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सो अवसरमा बोल्दै यसअघि राजपत्र छपाउनका लागि सङ्घीय मुद्रण विभागमा पठाउनुपर्ने बाध्यता रहेपनि मेशिन जडान सँगै उक्त समस्या हटेको बताइन् ।

प्रकाशित मिति : २०७८ भदौ ८ गते मंगलबार
ताजा समाचार