२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

कोरोना संक्रमणबाट भेरीमा दुई जनाको मृत्यु



नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा मंगलवार राती थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना बाँकेका हुन भने अर्का दाङका हुन् । बाँके राप्तीसोनारी गाउँपालिका–३ का ४३ वर्षीय पुरुषको मृत्यु भएको छ ।

उनलाई साउन २९ गते कोभिठ पुष्टि भएको थियो । त्यसैदिन अस्पताल भर्ना भएका थिए । यस्तै राप्ती गाउँपालिका–३ दाङका ८४ वर्षीय पुरुषलाई भदौ ६ गते कोभिड पुष्टि भएको थियो । उनलाई त्यसैदिन अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्यमा सुधार नआउँदा दुवै जनाको मंगलवार राती आधा घण्टाको फरकमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय २८ पुगेको छ भने उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका मृतक संख्या ३ सय ९७ पुगेको छ ।

प्रकाशित मिति : २०७८ भदौ ९ गते बुधबार
ताजा समाचार