२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

कोरोनाबाट भेरी अस्पतालमा दुई जनाको मृत्यु



नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दोधारा चाँदनी नगरपालिका वडा नम्बर ६ कञ्चनपुरकी ७५ बर्षीया महिला र भेरीगंगा नगरपालिका ५ सुर्खेतका ५७ बर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।

यो संगै कोरोनाबाट हालसम्म बाँकेका ३२२ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ७९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ साउन १९ गते मंगलबार
ताजा समाचार