२०८३ कात्तिक १३ , बिहीबार
Sadarline
२०८३ कात्तिक १३ , बिहीबार

राष्ट्रपतिद्धारा देउबा प्रधानमन्त्रीमा नियुक्त



नेपालगञ्ज : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबा प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई मंगलवार दिउँसो प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

सर्वोच्च अदालतले मंगलवार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सोमवार परमादेश दिएको थियो । परमादेश अनुसार राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

देउवाको शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको अधिकारीले बताए ।

प्रकाशित मिति : २०७८ असार २९ गते मंगलबार
ताजा समाचार