२०८३ कात्तिक १३ , बिहीबार
Sadarline
२०८३ कात्तिक १३ , बिहीबार

नेपालगञ्जमा कोभिड–१९ महामारीबारे सचेतना मुलक र्याली



नेपालगञ्ज : कोभिड–१९ महामारीबारे सचेतना फैलाउने उद्देश्यले बिहीवार नेपालगञ्जमा र्याली निकालिएको छ । जिल्ला प्रहरी कार्यालय बाँके, कशौधन वैश्य समाजलगायतका संघसंस्थाको सहयोग र समन्वयमा सचेतनामुलक र्याली निकालिएको हो ।

त्रिभुवन चोकबाट शुरु भएको उक्त र्याली सदरलाईन, त्रिवेणी मोड, बागेश्वरी टोल, घरवारीटोल हुँदै धम्बोझी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्वोधन गर्दै बाँकेका एसपी श्याकृष्ण अधिकारीले कोभिड–१९ महामारीबाट जोगिन स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्न आव्हान गरे ।

उनले तेस्रो लहरको जोखिम समेत बढ्दै गएकाले मास्क र सेनिटाइजरको प्रयोग अनिवार्यरुपमा गर्न आग्रह गरे ।

यस्तै कशौंधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यले पहिलो र दोस्रो लहरको कोरोनाले ठूलो मानवीय क्षती गरेको उल्लेख गर्दै अव तेस्रो लहरबाट जोगिन सरकारले जारी गरेका मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गरे ।

र्यालीमा सचेतनामूलक माइकिङ गर्नुका साथै पर्चा, पम्प्लेट, मास्क वितरण गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ साउन १४ गते बिहीबार
ताजा समाचार