२०८३ कात्तिक १२ , बुधबार
Sadarline
२०८३ कात्तिक १२ , बुधबार

वडा अध्यक्ष बर्माद्वारा सञ्चालनमा ल्याएको निशुल्क एम्बुलेन्स सेवा स्थगन




नेपालगञ्ज : कोरोना संक्रमणको महामारीमा संक्रमितलाई अस्पताल लैजान वा आईशोलेशन पुराउनको लागि नेपालगञ्ज वडा नं. १८ का वडा अध्यक्ष दीपक बर्माको निजी खर्चबाट सञ्चालनमा रहेको निशुल्क एमबुलेन्स सेवा कोरोना संक्रमण घटेपछि सेवा स्थगित गरिएको छ ।

उनले कोरोना माहामारीको बेलामा संक्रमितलाई अस्पताल जान र घर ल्याउन असहज भएको बेलामा आफ्नै नीजि खर्चमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका थिए । सो सेवाबाट वडा नं. १८ तथा नेपालगञ्ज उपमहानगरका ७८ जनाले सेवा लिएको उनले जनाएका छन् ।

‘जनता प्रतिको मेरो कर्तब्यबोधका साथ मैले विषम परिस्थिति र माहामारीमा मेरो निजी खर्चमा निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको थिए । नगर भित्र र नगर बाहिरबाट ७८ जनाले प्रत्यक्ष लाभ लिनु भएको र वडामा कोभिड्को अवस्था सामान्य र न्यून भै सकेको महसुस गर्दै आजका मितिदेखि संचालन नहुने ब्यहोरा जानकारी गराउदछु’– उनले भने ।

उनले कोभिड–१९ को महामारीबाट जोगिन र जोगाउनको लागि सहयोगि भूमिका निभाउने सबै प्रति आभार व्यक्त गरेको जनाएका छन ।

प्रकाशित मिति : २०७८ असार ५ गते शनिबार
ताजा समाचार