२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

भारतमा बालबालिकामा खोपको परीक्षण शुरु



काठमाण्डौ : भारतले आफनै देशमा बनाएको कोभ्याक्सिन खोपको बालबालिकाहरुमा परीक्षण शुरु गरेको छ ।

पटनाका १२ देखि १७ वर्ष उमेर समूहका तीन जना बालबालिकालाई परीक्षणको रुपमा खोप दिइसकेको र उनीहरू स्वस्थ रहेको एम्स अस्पतालका कोभिड इन्चार्ज डा. सञ्जिव कुमारले बताए ।

आगामी महिना ५२५ जना बालबालिकामा खोपको परीक्षण गरिने छ । दोस्रो चरणमा पनि खोपको नकारात्मक असर नदेखिएमा तेस्रो चरणको खोप दिइने छ । त्यसको प्रभावकारिताको आधारमा खोप अनुमोदन गरिने छ ।

हालसम्म १८ वर्ष उमेरभन्दा माथिकालाई मात्र कोरोना खोप दिने गरिएको छ ।

प्रकाशित मिति : २०७८ जेठ २० गते बिहीबार
ताजा समाचार