२०८३ कात्तिक १३ , बिहीबार
Sadarline
२०८३ कात्तिक १३ , बिहीबार

कोरोनाबाट बाँकेमा एक जनाको मृत्यु



नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत साहिलेक ४ बैतडीका ७० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए ।

योसंगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ५२ जना र बाँकेका ३१० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ असार १० गते बिहीबार
ताजा समाचार