२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

बाँकेमा पनि मनाइयो विश्व दुध दिवस



नेपालगञ्ज : दूध तथा दुग्ध पदार्थको नियमित सेवन, कोरोना भाइरस विरुद्ध दीर्घ जीवन भन्ने नाराका साथ आज विश्व दुध दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । बाँकेमा भेरि अस्पतालमा रहेका कोरोना संक्रमित विरामि, बिरामि कुरुवा, चिकित्सक, नर्श तथा सहयोगीहरुलाई दुध खुवाएर दिवस मनाइएको छ ।

दुध तथा दुग्ध पदार्थको नियमित सेवन, कोरोना भाइरस विरुद्ध दिर्घ जिवन भन्ने नारासहित बाँकेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले भेरी अस्पतालमा दुध खुवाएर दिवस मनाएको हो । अस्पतालमा दुध वितरण गर्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख कमला अधिकारीले रोगसगँ लड्ने क्षमता बढाउन एक जनाले प्रति दिन २.५० एमएल दुध खान पर्ने भन्दै सबैले अनिवार्य दुध सेवन गर्न आग्रह गरे ।

मंगलवार दुध दिवस मनाउने क्रममा भेरी अस्पतालमा २० रुपैयामा खाना खुवाँउदै आइरहेको अन्जाने माता रसोई सगं सहकार्य गरि सबैलाई दुध खुवाउने कार्य सम्पन्न गरिएको विज्ञ केन्द्रले जनाएको छ । दुध खुवाउने कार्यक्रममा भेरि अस्पतालका मेसु डा.प्रकाश थापा, नेपालगञ्ज उप महानगर पालिकाका उप प्रमुख उमा थापामगर, डा. बद्रि चापागाई, सिनियर नर्शहरु लगाएतको उपस्थिती रहेको थियो ।

विज्ञ केन्द्रले यसरी दुध खुवाएर दिवस मनाएर राम्रो काम गरेको अस्पतालका मेसु डाक्टर थापाले बताए । मंगलवार वितरण गरिएको दुध वनकटवा दुग्ध उत्पादक सहकारी सस्थाले उपलव्ध गराएको हो ।

प्रकाशित मिति : २०७८ जेठ १८ गते मंगलबार
ताजा समाचार