२०८३ कात्तिक १३ , बिहीबार
Sadarline
२०८३ कात्तिक १३ , बिहीबार

कोरोनाबाट भेरी अस्पतालमा दुई जनाको मृत्यु



नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट नेपालगन्जस्थित भेरी अस्पतालमा थप दुईजनाको मृत्यु भएको छ ।

डुङ्गेश्वर गाउँपालिका दैलेखका पुरुष र तुलसीपुर उपमहानगरपालिका दाङकी महिलाको मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । जेठ २८ गते भाइरस संक्रमण पुष्टि भएका डुङ्गेश्वर गाउँपालिका–६ दैलेखका ७८ वर्षीय पुरुषको गएराती मृत्यु भएको हो । उनी २७ गते अस्पताल भर्ना भएका थिए ।

उनको राती साढे १२ बजे मृत्यु भएको हो । यस्तै जेठ २३ गते संक्रमण पुष्टि भएकी तुलसीपुर उपमहानगरपालिका–१७ दाङकी ६३ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ ।
असार ११ गते भेरीमा भर्ना भएकी उनको आइतवार विहान ११ बजे मृत्यु भएको समितिका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

योसँगै उपचारका लागि बाँकेमा आएर मृत्यु हुने संक्रमितको संख्या ३ सय ५८ पुगेको छ ।

प्रकाशित मिति : २०७८ असार १३ गते आइतबार
ताजा समाचार