२०८३ कात्तिक १२ , बुधबार
Sadarline
२०८३ कात्तिक १२ , बुधबार

कोरोनाबाट बाँकेमा एक महिलाको मृत्यु



नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत स्वर्गद्वारी नगरपालिका ५ प्युठानकी ४९ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए ।

योसंगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ४४ जना र बाँकेका ३१० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ असार ५ गते शनिबार
ताजा समाचार