२०८३ कात्तिक १२ , बुधबार
Sadarline
२०८३ कात्तिक १२ , बुधबार

कविराज निरिक्षक पौडेलको निधनमा कार्यलयमा शोकसभा



नेपालगञ्ज : बाँके आर्युवेद स्वास्थ केन्द्रका बरिष्ठ कविराज निरिक्षक वसन्त कुमार पौडेलको गत सोमबार उपचारको क्रममा निधन भएको छ ।

लामो समयदेखि बाँके आयुर्वेद स्वास्थ्य कार्यालय नेपालगञ्जमा बरिष्ठ कबिराज पदमा कार्यरत पौडेलको कलेजो सम्बन्धित रोगको उपचारको क्रममा चितवनमा मृत्यु भएको हो ।

उनको निधन प्रति बाँके आयुर्वेद स्वास्थ्य कार्यालय नेपालगञ्ज कार्यालयका सहकर्मीहरुले शोक सभा गरेका छन् । सो अवसरमा कार्यालयका प्रमुख डा.अनिल कुमार चौधरी दिवंगत पौडेलले कार्यालयमा सम्पादन गरेका कार्यको स्मरण गर्दै उनको चर्चा गरेका थिए ।

उनको आत्माको चीर शान्तिको लागि एक मिनेट मौन धारण गरिएको थियो । सो अवसरमा दिवंगत पौडेलको फोटोमा माल्र्यापण गर्नुको साथै कार्यालयमा शोक पुस्तिका समेत राखिएको छ । शोक सभामा आयुर्वेद कार्यालय बाँकेमा कार्यरत सबै कर्मचारीहरुको उपस्थिति रहेको थियो

 

प्रकाशित मिति : २०७८ जेठ १९ गते बुधबार
ताजा समाचार